दैलेख। दैलेखको जाक्सी र साई गाउँमा राष्ट्रिय प्रसारण लाइनको विजुली पुगेको छ। आठबीस नगरपालिका–३ अन्तर्गत कर्णाली राजमार्ग क्षेत्रमा पर्ने जाक्सी र साई गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो।
राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेसँगै यस क्षेत्रका ५० प्रतिशत घरमा विद्युत्को पुहुँच पुगेको नगरपालिकाले जनाएको छ।
नेपाल विद्यत् प्राधिकरण र खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, दैलेखको संयुक्त लगानीमा वितरण संरचना निर्माण गरिएको थियो। विद्युत पुगेसँगै दैनिक क्रियाकलापमा सहज भएको स्थानीयले बताए।