काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशको अधिकांश नदीमा बाढीको सम्भावना रहेको जनाएको छ। आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी प्रदेशका नदीमा बाढीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।
विशेष गरेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यी क्षेत्रका नदी आसपासका मानिसलाई सतर्क रहन आग्रह समेत गरेको छ।