धनुषा। धनुषा जिल्लाको मिथिला नगरपालिकामा ५ मेगावाटको सोलार पिभी आयोजना निर्माण गरिने भएको छ। ग्रिन इन्फ्रास्ट्रक्चर प्रालिले आयोजना निर्माणका लागि अनुमति पत्र माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको हो।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गत साउन २ गते स्वीकृत भइसकेको छ।
आयोजनाका पीभी प्यानलहरूबाट डीसी विद्युत् निकाली २५० किलोवाट क्षमताका २० वटा स्ट्रिङ इन्भर्टरमार्फत ५ मेगावाट विद्युत उत्पादन गरिनेछ। आयोजनाले वार्षिक सरदर ९.९०६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने छ।