काठमाडौं। थाई एयर एसियाले बुधबारदेखि नेपालमा उडान सुरु गरेको छ। थाई एयर एसियाले बुधबार बैंकक–काठमाडौं–बैंकक रुटमा पहिलो उडान गरेको हो।
थाई एयर एसियाले अहिले साताको तीन उडान गर्ने छ। अकुपेन्सी (सिट भराइ दर) राम्रो हुँदै जाँदा दैनिक उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
एसियाली बजारमा राम्रो सञ्जाल रहेको थाई एयर एसियाले नेपालमा समेत स्तरीय सेवा दिने कम्पनीको दाबी छ।