काठमाडौं। चितवनको देवघाटमा बिजुली पुयाउन नेपाल विद्युत् प्राधिकरणले ११ केभी वितरण लाइन नदी तारेको छ। चितवनको जुगेडीबाट देवघाट ५ बुद्धचोकमा बिजुली पुऱ्याउन तीनमध्ये एउटा तार बुधबार नदी तारेको हो।
बाँकी काम आज (बिहीबार) गर्ने प्राधिकरणले जनाएको छ।
त्यसैगरी प्राधिकरणले मौवा खोला नजिकै ठेउवाटारमा एउटा डोरी त्रिशुली नदी क्रस गराउन सफल भएको र तार तान्ने काम आज गरिने जानकारी समेत गराएको छ।