काठमाडौं। सुपर न्यादी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण गरिने भएको छ। प्रसारण लाइन निर्माण गर्नका लागि प्रवर्द्धक कम्पनी सिउरी न्यादी पावर लिमिटेडले विद्युत् विकास विभागसमक्ष अनुमतिका लागि आवेदन दिएको हो।
आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा रहेको न्यादी जलविद्युत् आयोजनाको स्विचयार्डसम्म जम्मा ५.०९९ किमि लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गर्न गर्न लागिएको छ । प्रस्तावित लाइनबाट ४०.२७ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ ।
प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले आग्रह गरेको छ।