गोरखा। जिल्लाको सहिदलखन गाउँपालिका–४ मा पर्ने ठेउवाटार र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध बनेको छ। बाढीको कारण उक्त क्षेत्रमा पाँच दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको हो।
निरन्तर वर्षासँगै आएको बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि उक्त क्षेत्रका स्थानीय अन्धकारमा परेका नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रले जनाएको छ।
क्षति भएको स्थानमा मर्मत गरी पुनः विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ। पाँच दिन लामो समयदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय निकै मार्कामा परेका छन्।