स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिकामा जिप दुर्घटना भएको छ। शुक्रबार सिरुबारीबाट पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको जिप आँधीखोला गाउँपालिका–२ बेझाङ भालेखर्कमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर सात जना घाइते भएका छन्। घाइते भएका सात जनालाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।