काठमाडौं। बैतडीको खोड्पेमा विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ। होटेल हरिहर प्लाजामा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो।
दार्चुला, बझाङ र बैतडी जिल्लाका लागि छुट्ने र ती जिल्लाहरुबाट बाहिरिने विद्युतीय सवारी साधनहरुलाई लक्षित गरेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताइएको छ। यहाँ चौबिसै घण्टा विद्युतीय सवारी साधन चार्जको सुविधा रहेको जनाएको छ ।