फाइल तस्बिर
काठमाडौं। सडक भासिएका कारण पुष्पलाल मार्ग अवरुद्ध भएको छ। दोलखाको मेलुङ गाउँपालिका–७ सितली नजिकै ज्यामिरेमा सडक भासिएपछि पुष्पलाल मार्ग अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन अलपत्र परेका छन्। डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।