काठमाडौं। ८० प्रतिशत निर्माण कार्य पूरा भएको ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ। मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माण भइरहेको आयोजनाको संरचना र बाँध क्षेत्रसम्मको सडकमा बाढीले क्षति पुर्याएको हो।
बाढीपहिरोले करिब २ करोडको क्षति पुर्याएको आयोजनाले जनाएको छ। बाढीले सडक समेत बगाएपछि बाँकी काम अगाडी बढाउन समेत समस्या भएको छ।
८० प्रतिशत काम पूरा भइसकेको आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो।