काठमाडौं। निर्माण व्यवसायी संघ गोर्खाको २३ औं साधारण सभा एवं १० औं जिल्ला अधिवेशन आज देखि सुरुभएको छ। ‘आजको हाम्रो आवश्यकता निर्माण व्यवसायीको एकता’ भन्ने मुल नाराका साथ आजबाट गोर्खा निर्माण व्यवसायी संघको अधिवेशन र वार्षीक साधारण सभा सुरु भएको हो।
कार्यक्रमको उद्घाटन आज १०ः३० मा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गर्ने निर्माण व्यवसायी संघ गोर्खाका अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिए।
उद्घाटन कार्यक्रम सकिएपछि वन्दसत्र अधिवेशन हुने र भोलि निर्वाचन हुने भएको छ।
उद्घाटनको कार्यक्रम सकिएपछि अध्यक्ष पदका लागि उमेद्वारको नोमिनेशन हुने छ। अध्यक्षमा होम बहादुर बानीया र सुर्य बहादुर भण्डारीले उमेद्वारी दिने सम्भावना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठले यसै साधारण सभा र अधिवेशन मार्फत वर्तमान अवस्थामा निर्माण व्यवसायमा भएको समस्याको समाधान गर्न, राज्यबाट लागू गरेका सार्वजानिक खरिद निर्माणमैत्री बनाउन निर्माण व्यवसायी संघ गोर्खाले सरकारलाई आग्रह गर्ने जानकारी दिए।