काठमाडौं। काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले उडान गर्ने भएको छ। हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दशैं अगाडि उडान गर्ने भएको हो।
हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउने योजना रहेको जनाएको छ।
बाढी पहिरोले अधिकांश राजमार्ग अवरुद्ध भएका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरिरहेको बताइएको छ।