काठमाडौं। मौसम खराबीका कारण मन्थली–लुक्ला उडान फेरि रोकिएको छ। बुधबार बिहान सञ्चालनमा आएको उडान सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएपछि केही घण्टामै रोकिएको हो।
गत सोमबारदेखि ठप्प भएको उडान बुधबार बिहान सञ्चालमा आएपछि केही घण्टा मात्र सञ्चालन हुन पाएको नागरिक उड्डयन प्राधिकरण मन्थलीले जनाएको छ।
बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म उडान हुँदा उक्त विमानस्थलमा १६ वटा उडान भएको समेत प्राधिकरणले जनाएको छ।
सोमबारदेखि उडान बन्द हुँदा मन्थलीमा रोकिएका एक हजार २०० भन्दा बढी पर्यटक मध्ये बुधबार भएका १६ वटा उडान मार्फत २३० जना भन्दा बढी लुक्ला पुगेको प्राधिकरणले जनाएको छ।