रुपन्देही। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन हुलाकी सडकको अवलोकन गरेका छन्। सोमबार रुपन्देही पुगेका अध्यक्ष ओलीले प्रत्यक्ष रुपमा हुलाकी सडकको अवलोकन गरेका हुन्।
उनले अवलोकनका क्रममा सडकखण्डका स्थानीयसँग संवाद पनि गरेका छन्। ओलीकै नेतृत्वमा शुरु भएको हुलाकी सडकको भौतिक प्रगतीको बारेमा जानकारी लिदै उनले अवलोकन समेत गरेको बताइएको छ।
ओलीले हुलाकी सडक हेर्ने चाहना राखेपछि कपिलवस्तु प्रशासनले हुलाकी सडकमा सुरक्षा परिचालन गरेको थियो। उनले हुलाकी सडक निर्माणका मुख्य ठेकेदारलाई समेत भेट्ने र कार्यप्रगतिबारे जानकारी कार्यक्रम रहेको छ।
लामो समयदेखि रोकिएको कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुहारदेखि विजनगर गाउँपालिकाको तुरन्तपुरसम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम हाल जारी छ।
मंगलबार दिउँसो अन्य पार्टीका नेताहरुलाई एमाले पार्टी प्रवेश गराउन ओली सोमबार साँझ नै लुम्बिनी पुगेका हुन्।