फाइल तस्बिर
काठमाडौं। टीकापुर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न लागेको जानकारी दिएको हो।
मन्त्रालयले बिहीबार टीकापुर नगरपालिकालाई एक पत्र लेख्दै टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जानकारी गराएको हो।
उक्त पत्रमा मन्त्रालयले विमानस्थल संचालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन आग्रह समेत गरेको छ।