काठमाडौं। कास्कीमा १२.२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने भएको । मोदी जलविद्युत् कम्पनी लिमिटेडले प्रसारण लाइन निर्माण गर्नका लागि अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको हो।
अन्नपूर्ण गाउँपालिका १० मा निर्माणाधीन ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही पालिकामा निर्माणाधीन माथिल्लो मोदी जलविद्युत् आयोजनाको स्विचयार्ड हुँदै पर्वतको मोदी गाउँपालिका–२ मा नेपाल विद्युत् प्राधिकरणबाट निर्माणाधीन न्यू मोदी सबस्टेसनसम्म पुग्ने गरी लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ।
प्रस्तावित लाइन निर्माण तथा सञ्चालन गर्दा उल्ले जनीय प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले सूचना प्रकाशित गरेको छ ।