काठमाडौं। २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कास्कीको पोखरा महनागरपालिकामा सेती हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको आयोजनाको काम हालसम्म ७७ प्रतिशत सम्पन्न भएको हो।
आयोजनाको मुख्य सुरुङ अबको एक महिनाभित्र ब्रेक थु हुने आयोजनाले जनाएको छ। आयोजनाबाट आगामी बैशाखभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको छ।