सुर्खेत। मर्मतका लागि विगत एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। मर्मतको काम सकिएपछि विमानस्थल आजबाट सञ्चालनमा आएको हो।
विमानस्थलको धावनमार्ग मर्मतका लागि बन्द गरिएको र मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ।
विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री हिजोबाटै खुला गरेका छन्।
बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको छ।