सुर्खेत। सुर्खेतको चौकुनेमा बृहत् ताल निर्माण गर्न सुरु गरिएको छ। उक्त स्थानमा पर्यटन प्रवर्धन गर्नका लागि बृहत ताल निर्माण गर्न सुरु गरिएको हो।
उक्त बृहत ताल १६ करोड ६७ लाख लागतमा एप्लाइट इन्जिनियरिङ प्रालि ललितपुरले निर्माण गर्ने भएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले २०८३ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताएको छ।
ताल निर्माण भएपछि उक्त स्थानमा पर्यटक प्रवर्धन गर्न सकिने विश्वास गरिएको निर्देशनालयले जनाएको छ। स्थानीय पनि खुशी भएका छन्। पर्यटक भित्रिएमा आफ्नो जिविकापार्जनमा पनि सहज हुने उनिहरुले बताए।