फाइल तस्बिर
काठमाडौं। टीकापुर विमानस्थल बन्द भएको २७ वर्षपछि आज पुनः परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्ने भएको हो।
आज ६ हजार ५ सय फिट उचाइमा रहेर आँखाको सहायताले गरिने दृश्यात्मक (भीएफआर) उडान गर्ने योजना रहेको बताइएको छ।
त्यहाँ पुगेर जहाजको उडान अवतरणका अवरोध, हावाको गति, तौल आदिबारे अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रतिवेदन बुझाइने छ।