काठमाडौं। २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणका लागि ५५ अर्ब लाग्ने अनुमान गरिएको छ। तमोर इनर्जी प्रालिले ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा निर्माण गर्न लागेको आयोजनाको कुल लागत ५५ अर्ब १५ करोड अनुमान गरिएको हो।
कुल लागतको करिब ३० प्रतिशत रकम प्रवर्द्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ।
अहिले आयोजना निर्माणका लागि व्यक्तिगत स्वामित्वमा भएको जग्गा खरिद गरी आयोजनास्थलमा हालसम्म शिविर (आवास) का संरचना समेत निर्माण गरेको कम्पनीले जनाएको छ।