फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरुको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको भन्दै समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने बताए।
पूर्वाधार निर्माणअघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपद्बाट क्षति बढी भएको समेत उनले बताए।