काठमाडौं। बाराको जीतपुरमा मन्दिर निर्माण हुने भएको छ। नेपाल सरकारको माताहतमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो मन्दिर निर्माण गर्न लागेको हो। धार्मिक तथा साँस्कृतिक गतिविधिलाई प्राथमिकतामा राख्दै सो कार्य गर्न लागिएको हो।
बाराको जीतपुर पर्यटकीय गन्तब्यथलो भएको हुनाले पनि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सो क्षेत्रमा मन्दिर निर्माण गर्न लागिएको हो। पछिल्लो समयमा धार्मिक पर्यटकहरु बढ्दै गएको हुनाले सो गतिविधिलाई नियाल्दै मन्दिर निर्माण कार्यलाई जोड दिएको हो। पर्यटकको आकर्षण बढाउने उद्देश्यले सो क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिइएको छ।
पूर्वाधार विकासले बाराको मात्र नभएर सिङगो मुलुककै विकासमा टेवा पुर्याउने भएकाले यसप्रति जोड दिन आवश्यक रहेको छ। सो क्षेत्रमा धार्मिक गतिविधिलाई बढावा दिन मन्दिर निर्माण गर्न लागिएको हो। सो स्थानमा मन्दिर निर्माण हुने कुराले स्थानीय खुसी भएका छन्। मन्दिर एउटा पवित्र धार्मिक स्थलको धरोहर भएकाले यस क्षेत्रमा शान्तिको प्रत्याभुति पनि गर्न सकिन्छ। त्यसैले यस्ता पवित्र धार्मिक स्थलको निर्माण तथा संरक्षणमा सबैको सहयोग आवश्यक रहेको छ।