काठमाडौं। चिलिमे हब सबस्टेसनदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन बुधबार साँझबाट चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदानमा ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ लागतमा उक्त प्रसारण लाइन निर्माण गरिएको छ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। उक्त प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।