काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि अन्तिम चरणको काम भइरहेको हो।
निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सबस्टेसन निर्माण भएपछि भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भन्दै स्थानीय पनि खुशी भएका छन्।