काठमाडौं। सरकारले विद्युत् लाइन काटिएका उद्योगमा लाईन जोड्न निर्देशन दिएको छ। सरकारले २४ घण्टाभित्र लाईन जोड्न निर्देशन दिएको हो।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उत्पादनका साथै राजस्व संकलन घटेको, रोजगारी र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाईन जोड्न निर्देशन दिएको बताईएको छ।