काठमाडौं। डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति गरेको उद्योगले १५ दिनभित्र बक्यौता महसुल नतिरे फेरि लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै ५ दिनभित्र बक्यौता रकम नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो।
प्राधिकरणले मन्त्रिपरिषद्को मिति २०६१।०७।२५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१।०७।२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न आग्रह गरेको छ।
प्राधिकरणको बिल अनुसारको बक्यौता महसुल २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन अनुरोध गर्दै प्राधिकरणले भनेको छ, ‘तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ।