काठमाडौं। इन्द्रचोक क्षेत्रका बिजुलीको पोल र तार हटाइएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल, तार र इन्टरनेटको तार हटाएको हो।
विद्युत् र इन्टरनेट सेवाका तारहरूलाई यस क्षेत्रमा भूमिगत गरिएको छ। त्यसैले यहाँका पोल र तारहरु हटाइएको महानगरले जनाएको छ।