काठमाडौं। नेपालबाट आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्न सुरु भएको छ। आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बंगलादेश विद्युत निर्यातको औपचारिक सुरूवात गरेका हुन्।
आजबाट सुरु हुने विद्युत निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी छ।
यसअघि गत असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।