जुम्ला। जिल्लाको तातोपानी गाउँपालिका–७ का ताम्ती र बारागाउँमा विदयुत सञ्चालनमा आएको छ। बिगत ६ महिनादेखि अवरुद्ध विद्युत सञ्चालनमा आएको हो।
उक्त गाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेर जिवनयापनमा सहज हुँदै आएको थियो। तर बिगत ६ महिना देखि विद्युतगृहको जेनेटरको क्वाईल, मोनिटर लगायतका सामग्री बिग्रीएपछि गाउँ नै अन्धकारमा डुबेको थियो।
बिग्रिएका पाटपुर्जा मर्मत गरेपछि विद्युत सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ। ६ महिनापछि बत्ती बल्दा गाउँनै उज्यालो बनेको स्थानीयले बताए।