काठमाडौं। ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास असोजसम्मको प्रगति विवरण अनुसार आयोजनाको समग्र प्रगति ८० प्रतिशत पुगेको हो।
आयोजनाबाट आगामी भदौभित्र विद्युत् उत्पादन शुरू हुने आयोजनाले जनाएको छ। आयोजनाको प्रगति विवरण तयार गर्दासम्म अर्थात् असोज मसान्तसम्म सिभिल संरचना निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ । त्यस्तै, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान कार्य करिब ७७ प्रतिशत, हाइड्रो मेकानिकल कार्य करिब ७९ प्रतिशत, प्रसारण लाइन तथा आन्तरिक जडान कार्य झण्डै ६० प्रतिशत सकिएको छ।
त्यसैगरी जग्गा धिग्रहण, मुआब्जा वितरण तथा विकास कार्य ८५ प्रतिशत पूरा भएको छ। कन्स्ट्रक्सन डिजाइन, नक्सा तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य करिब ९८ प्रतिशत पूरा भएको छ। आयोजनाको आवसीय सुविधा तथा कार्यालयनका लागि भवन निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको छ।