काठमाडौं। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अहिलेसम्म ८० प्रतिशत पूरा भएको हाे।
अन्वेषण कार्यका लागि अन्तिम तथा महत्वपूर्ण कार्यको रुपमा भएको ड्रिलिङको काम अहिले तीव्र गतिमा भइरहेको छ।
अहिलेसम्म ३ हजार १ सय मिटर गहिराई सम्म पुगेको छ । अन्वेषणका लागि ३५ सय देखि ४ हजार मिटर सम्म वा त्यो भन्दा पनि बढी मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुराउनु पर्ने हुन्छ। आवश्यक उपकरण समयमा आई नपुग्दा लक्ष्य पहिल्याउन केहि कठिन भएको बताइएको छ।
पेट्रोलियम पदार्थ अन्वेषणको काम गत वैशाख २८ गतेबाट सुरु गरिएको थियो।