काठमाडौं। छ वर्ष अगाडी देखी निर्माणाधिन पुल अलपत्र परेको छ। दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र परेको हो।
छ वर्ष सम्म पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परेको छ। सडक डिभिजन कार्यालय दाङका अनुसार विसं २०७२ मा सम्झौता भएको उक्त पुलको निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादका कारण छ वर्ष सम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो।
पुलको निर्माणका लागी सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतले छ वर्षअघि रु १३ करोडमा जिम्मा लिएको थियो। तर, उक्त कम्पन्नीले निर्माणको काम बीचैमै छाडेर गएपछि निर्माणको लागी दोस्रो कम्पनीलाई जिम्मा दिएको थियो त्यो कम्पनी पनि सम्पर्कविहीन भएपछि निर्माण कार्य छ वर्ष सम्म अलपत्र परेको हो।
निर्माणको सुरु भएको छ वर्ष सम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। पुलको अभावमा वर्षात्का समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको स्थानीयले गुनासो गरे।
उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन्।