काठमाडौं। २२.५ मेगावाटको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने कामअन्तर्गत पहिलो ब्लास्टिङ सम्पन्न भएको छ। आयोजनाको मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो ब्लास्टिङ सफलता पूर्वक सम्पन्न भएको हो।
आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ। सुरुङ निर्माणअन्तर्गत ‘इन्लेट पोर्टल’को काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ भने अडिट सुरुङ निर्माणको जिम्मा देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले लिएको छ। आउटलेटतर्फ त्रिवेणी ब्रम्हायणी जेभीले काम गरिरहेको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा निर्माणाधीन आयोजनालाई रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको छ भने साझा पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ।