काठमाडौं। नेपालको विद्युत विकासका लागि जर्मनी करिब साढे एक अर्ब अनुदान दिने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत् विद्युत वितरण सुदृढीकरण परियोजनाका लागि जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको हो।
एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस परियोजना अन्तर्गत भरतपुर, बुटवल–भैरहवा र पोखरा लगायतका क्षेत्रलाई प्राथमिकता दिइने बताइएको छ।
नेपालको विद्युत वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने सम्झौतामा उल्लेख छ।