जुम्ला। जिल्लाको कालिकोटको सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ। उक्त स्थानमा लामो समयपछि पुल निर्माण अन्तिम चरणमा पुगेको हो।
पुल निर्माण सम्पन्न नहुँदै ०७९ सालको असार पहिलो सातामा पुल चर्किएको थियो। उक्त पुल निर्माण कम्पनीको कारणले गतवर्षबाट मात्र पुनः निर्माण गर्न सुरु गरिएको बताईएको छ।
पूर्णरूपमा माथिको ढलान भत्काएर फेरि पहिल्यकै अवस्थामा निर्माण गरिएको आयोजनाले जनाएको छ। निर्माणाधिन अवस्थामा चर्किएको भएता पनि अहिले गुणस्तर पुल निर्माण भएको स्थानीयले बताएका छन्। स्टिल ट्रस बाट जोखिमपूर्ण आवतजावत गरिरहेका स्थानीय पक्की पुल निर्माण भएपछि निकै उत्साहित भएका छन्।
सडक डिभिजन सुर्खेतअन्तर्गत (सूर्य कन्स्ट्रक्सन प्रालि) सुर्खेतले पुल निर्माणको जिम्मा पाएको थियो।