काठमाडौं। नेपालबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब १३ अर्ब विद्युत भारत निर्यात भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट अर्थात १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारत निर्यात गरिएकाे हो।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।