काठमाडौं। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो।
परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लग्ने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अहिले ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन गरिएको छ।
सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ।