काठमाडौं। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ६ सय ग्राहकको लाइन काट्ने भएको छ। बैतडीमा मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकको प्राधिकरणले लाइन काट्ने भएको हो।
पाँच सय ७९ ग्राहकले विद्युत प्रयोग गरेको ८० लाख ९९ हजार तीन सय ६२ रुपैयाँ रकम बुझाउन बाँकी रहेको प्राधिकरणको बैतडी वितरण केन्द्रले जनाएको छ। ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार भन्दा बढी रकम उठाउन बाँकी छ । त्यसैगरी अन्य चार सय ९५ ग्राहकबाट ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।
प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति अनुसार लाइन काट्न सुरु गरेको जनाएको छ।