काठमाडौं। आज सुनको मुल्य ह्वात्तै घटेको छ। आज सुनको मुल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको हो।
आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।