काठमाडौं। आज काठमाडौंका विभिन्न स्थानमा ४ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। ‘केबल लाइन’ विस्तारका लागि विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा ४ घण्टा विद्युत अवरुद्ध हने भएको हो।
प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ।