काठमाडौं। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता हुने भएको छ। लुम्बिनी प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त सम्झौतामा हस्ताक्षरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय भएसँगै अब लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ।
बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय समेत गरेको छ।
उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने बताइएको छ। प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पुर्याउने विश्वास लिइएको छ।
यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागू हुनेछ ।