काठमाडौं। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति हालसम्म करिब ३५ प्रतिशत रहेको छ। आयोजनाको भौतिक प्रगति ३४.९० प्रतिशत र वित्तीय प्रगति ३१.४९ प्रतिशत रहेको हो।
आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन। अहिले आयोजनाको बाँधस्थल तथा विद्युत् गृहको ठेक्का व्यवस्थापनमा समस्या देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको विवरणमा उल्लेख छ।
कूल एक लाख २२ हजार हेक्टरमा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने र ३१.७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजना आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।