काठमाडौं। रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति हालसम्म ७४ प्रतिशत पुगेको छ। आयोजनाको हालसम्म भौतिक प्रगति ७४ दशमलव ३६ प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३९ प्रतिशत पुगेको हो।
सिञ्चित क्षेत्रको बचावट तथा कर्णाली नदी नियन्त्रणअन्तर्गत निर्माण भएका संरचना भत्काएर कर्णाली नदीले बगाएका कारण उक्त संरचनाहरु तत्काल पुनःनिर्माण गर्नुपर्ने अवस्था छ।
आव २०६७/६८ मा सुरु भएको आयोजना आव २०८०/८१ मै सम्पन्न हुनुपर्ने कार्यतालिका थियो। पहिलो चरणमा १४ हजार तीन सय कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने र दोस्रो चरणमा थप २४ हजार हेक्टर कृषियोग्य भूमिलाई सिञ्चित गर्ने यस आयोजनाको लक्ष्य छ।