काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–११, भीमखोरीका ८० घरमा सोलार प्यानलमार्फत विद्युत् सेवा पुर्याइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित बनेका भीमखोरीका ८० घरधुरीमा सोलार मार्फत विद्युत सेवा उपलब्ध गराइएको हो।
बाढी पहिरोका कारण भीमखोरीमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको घर तथा बिजुलीको पोल र ट्रान्सफर्मरमा क्षति पुगेको थियो।
असोज दोस्रो सातादेखि विद्युत सेवाबाट बञ्चित ८० घरमा चीनको ह्वायान टेम्पल अफ छोङछिङको सहयोगमा सोलार बत्ती उपलब्ध गराइएको छ।