काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्ने भएको छ। प्राधिकरणले महसुल नतिर्ने ३४ वटा उद्योगहरूको बैंक खाता रोक्का गर्न बुधबार राष्ट्र बैंकलाई पत्राचार गरेको हो।
प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगका कार्यकारी सञ्चालकहरूको घरको लाइन समेत काट्ने भएको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि आग्रह गरेका छन्।