काठमाडौं। सुनसरीस्थित कोशी गाउँपालिकाले नहर चोक देखि हुडाकी टोल जोड्ने सडक कालोपत्रे गर्ने भएको छ। सो सडक निर्माण गाउँपालिकाकै माताहतमा हुने भएको छ। नहर चोक देखि प्रभाकर टोल हुँदै हुडाकी टोल जोड्ने सडक कालोपत्रे हुने भएको हो।
सो सडक खण्ड निर्माणको लागि करिब १५ करोड ७४ लाख लागत लाग्ने अनुमान गरिएको छ। सो सडक खण्डमा जथाभावी खाल्डा पर्नाले यात्रा गर्न सकस भएको छ। खाल्डाको कारणले गर्दा सडक दुर्घटना जस्था जोखि हरु बढ्दै गएको छ। सो सडक असुरक्षित र अव्यवस्थित भएका कारणले जोखिम मोलेर नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। अव्यवस्थित सडकको कारण वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे हुँदा त्यहाँका स्थानीयदेखि लिएर उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि सास्ती झेल्दै आएका छन्।
सो सडक कालोपत्रे भएपछि स्थानीयहरुलाई यात्रा गर्न र व्यापार व्यवसाय गर्नपनि सहज हुने स्थानीयको विश्वास रहेको छ। सो सडक कालोपत्रेको लागि गाउँपालिकाले ठेक्का आह्वानसमेत गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि सडक निर्माण कार्य अगाडी बढाउने गाउँपालिकाको योजना रहेको छ।