काठमाण्डौं। विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता भएको छ। कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो।
चाँगुनारायण नगरपालिकाले सडक समयमै निर्माण सम्पन्न गर्नका लागि दबाब दिन बुधबार रातिसम्म आयोजना गरेको थियो। आयोजनाका तर्फबाट अन्तक्र्रिया कार्यक्रममा सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरेकाछन।
कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन।