काठमाडौं। १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको परीक्षण कार्य सम्पन्न भएको छ। गत आइतबारदेखि सुरु भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन परीक्षण कार्य सफलताका साथ सम्पन्न भएको हो।
परीक्षण सफल भएसँगै नेपाल विद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम जाँच तथा निरीक्षण गरेर शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकारणको पाँचथरस्थित १३२ केभिए क्षमताको अमरपुर सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ ।